वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
झापा। झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
साेमबार बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
दुर्घटनामा मेचीनगर-१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएका थिए। निजलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।
दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर गरपालिका-१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर-६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण