छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
सारांश
- सुकुना माध्यमिक विद्यालयका छात्राहरूलाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा दुई शिक्षक र एक सवारी चालक रहेका छन्।
- विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेकाे हो।
सुन्दरहरैंचा नगरपालिका वडा नं. १० खोर्सानेमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बस्ने सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सोही नगरपालिका वडा नं. २ बस्ने शिक्षकद्वय ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अविरल मास्के रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले छात्राहरूलाई अश्लील म्यासेज पठाउने गरेको अनुसन्धानबाट खुलेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौँ । पक्राउ परेकाहरूविरूद्ध जाहेरी आउने क्रममा छ,’ उनले भने ।
प्रहरीले भने एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान पश्चात् अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण