मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महिलालाई थारु परिकार बनाउने सीप

सोमबार, ०४ साउन २०८३, २३ : ३०
सोमबार, ०४ साउन २०८३

सारांश

  • थारु परिकार संरक्षण गर्न ४० महिलालाई प्रशिक्षण दिइएको छ ।
  • स्थानीय परिकारको बजारीकरणमा प्रदेश सरकार लागिपरेको छ ।
  • लोप हुँदै गएका थारु खानाको प्रवद्र्धनमा जोड दिइएको छ ।

दाङ । थारु जातिले खाने परिकारलाई जोगाउन यहाँका स्थानीय ४० जना महिलालाई ‘स्थानीय परिकार प्रशिक्षण’ प्रदान गरिएको छ ।

पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजना र थारु सांस्कृतिक संरक्षण केन्द्र दाङको सहकार्यमा तालिम गरिएको हो । दाङकाले दगौरा, देउखुरीले देउखुरीया, बाँके र बर्दियाकाले देसौरी खाना तथा कैलाली र कञ्चनपुरका थारुले खाने राणा र कठरिया खाना बनाउन तालिम प्रदान गरिएको हो ।

महिलालाई थारु खाना बनाउन सिकाएर बजारीकरण गर्नतर्फ प्रदेश सरकार लागि परेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

“अहिले थारु समुदायको खाना भनेर ढिक्री, घुँङी, जाँडको झोल मात्रै दिने गरिएको छ”, उनले भने, “त्यति मात्रै होइनन्, हाम्रा थुप्रै खानाहरू लोप भएका छन्, जुन मानव स्वास्थ्यका लागि लाभदायक छन् ।”

कञ्जुवा, अनदी, सिम्ठारो, मकै र मसुराको भात, घोङी, गङ्गटा, लोकल कुखुराको मासु, गुइता माछा, माछा, सिद्रा माछा, बङ्गुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री, पतौरीलगायत ४० बढी स्थानीय परिकार बनाउन सिकाइने छ ।

थारु जातिको जिल्ला अनुसार फरकफरक खाना रहेकाले ती खानालाई बजारमा लैजान सकेमा आम्दानीको स्रोत बन्न सक्ने चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप