कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

समाचार सारांश
- शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले भक्तपुरमा आयोजित एक स्मृति सभामा जोन्छेको जीवनीबाट प्रेरणा लिनुपर्ने बताए।
- देउवाले जोन्छेलाई मन्त्री बनाउन चाहेको तर नसकेकोमा दुःख व्यक्त गरे। उनले जोन्छेको कामको प्रचार गर्नुपर्ने र पार्टीलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिए।
- देउवाले शहीद जोन्छेको योगदानको स्मरण गर्दै उनको उदारताबाट प्रेरणा लिनुपर्ने र देशभर उनको प्रचार गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका हुन् ।
आफूले जोन्छेलाई मन्त्री बनाउन चाहेको भए पनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे । सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताब लेख्नु छ । देशभर नै उहाँको प्रचार गर्नु छ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् ।
उहाँका धेरै कामहरूको चर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनुपर्छ ।’
सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड
-
मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैन : कृषिमन्त्री