टेलिसिरियल ‘बाचा बन्धन’ जेठ ३१ देखि प्रसारणमा आउने
काठमाडौँ । टेलिसिरियल ‘बाचा बन्धन’ यही जेठ ३१ गते शनिबारदेखि प्रसारणमा आउने भएको छ ।
ओएसआर डिजिटलबाट प्रसारण हुने यस टेलिसिरियलमा अघिल्लो र वर्तमान पुस्ताको प्रेमकथा देख्न पाइनेछ । यसका लेखक तथा निर्देशक यज्ञजंग विक (आयुष) हुन् ।
निर्देशक विकका अनुसार टेलिसिरियलमा दुई पुस्ताबिचको रोचक प्रेमकथालाई देखाइने छ । टेलिसिरियलको ट्रेलरसमेत सार्वजनिक भएको छ, जसमा कुसुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मी भट्ट, सुवास गजुरेललगायत कलाकारको अभिनय छ ।
कमल बुढाथोकीको प्रस्तुतिमा बनेको यो टेलिसिरियललाई दीपा बुढाथोकी र कमल बुढाथोकीले मिलेर निर्माण गरेका हुन् ।
हेमराज घर्ती कार्यकारी निर्माता रहेको सिरियलमा शिव विकको छायाङ्कन, उमेश थापा मगरको सम्पादन, प्रवीण ढकालको रङ संयोजन (कलर) तथा रतिश भारतीको भीएफएक्स रहेको छ । टेलिसिरियलमा आकाश मगरको सङ्गीत संयोजन र गायक रामचन्द्र काफ्लेको स्वर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण