सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेलिसिरियल ‘बाचा बन्धन’ जेठ ३१ देखि प्रसारणमा आउने

सोमबार, २६ जेठ २०८२, १४ : ०७
सोमबार, २६ जेठ २०८२

काठमाडौँ । टेलिसिरियल ‘बाचा बन्धन’ यही जेठ ३१ गते शनिबारदेखि प्रसारणमा आउने भएको छ ।

ओएसआर डिजिटलबाट प्रसारण हुने यस टेलिसिरियलमा अघिल्लो र वर्तमान पुस्ताको प्रेमकथा देख्न पाइनेछ । यसका लेखक तथा निर्देशक यज्ञजंग विक (आयुष) हुन् ।

निर्देशक विकका अनुसार टेलिसिरियलमा दुई पुस्ताबिचको रोचक प्रेमकथालाई देखाइने छ । टेलिसिरियलको ट्रेलरसमेत सार्वजनिक भएको छ, जसमा कुसुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मी भट्ट, सुवास गजुरेललगायत कलाकारको अभिनय छ ।

कमल बुढाथोकीको प्रस्तुतिमा बनेको यो टेलिसिरियललाई दीपा बुढाथोकी र कमल बुढाथोकीले मिलेर निर्माण गरेका हुन् ।

हेमराज घर्ती कार्यकारी निर्माता रहेको सिरियलमा शिव विकको छायाङ्कन, उमेश थापा मगरको सम्पादन, प्रवीण ढकालको रङ संयोजन (कलर) तथा रतिश भारतीको भीएफएक्स रहेको छ । टेलिसिरियलमा आकाश मगरको सङ्गीत संयोजन र गायक रामचन्द्र काफ्लेको स्वर छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप