‘सिटामोल’मा अपाङ्गको भूमिकामा सौगात

काठमाडौँ । राज बहादुर सानेको निर्देशन रहेको फिल्म ‘सिटामोल’ का एकसाथ तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् ।
दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक प्रस्तुत छन् । तेस्रो पोस्टरमा सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी बैशाखीको सहाराले निराश भावमा कतै हिँडिरहेको देखाइएको छ । सार्वजनिक पोस्टरले दर्शकमाझ फिल्म प्रति कौतुहलता जगाउने विश्वास निर्माण पक्षको विश्वास छ ।
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
‘सिटामोल’ मार्फत निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जनको छ । फिल्म दिव्य सुवेदीले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक
-
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाऔँ : देउवा
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
‘नेता र मन्त्रीका पकेटका आयोजना बजेटमा छैनन्’
-
‘महिलाको लिङ्ग चेक गर्ने’ पूर्वमन्त्री सुब्बाविरूद्ध मुद्दा
-
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सन्ताेष परियार