निसर्ग अस्पतालमा ओठ र तालु फुटेका बालबालिकाको निःशुल्क उपचार
काठमाडौँ । सुदूरपश्चिमको धनगढीमा रहेको निसर्ग अस्पतालले जन्मजात ओठ वा तालु फुटेको बालबालिकाको निःशुल्क शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।
गैरनाफामूलक संस्था स्माइल ट्रेनको सहयोगमा निसर्ग अस्पतालले यस्तो सेवा पहिलो पटक सुदूरपश्चिममा सुरु गरेको हो । शल्यक्रियासहित उपचारमा लाग्ने सबै खर्च निःशुल्क गरिनुका साथै यातायात खर्च पनि दिइने अस्पतालका कार्यकारी अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।
उनका अनुसार बिरामी कुरुवालाई समेत निःशुल्क खान बस्नको व्यवस्था गरिएको छ । यसअघि यस्ता बिरामी उपचारका लागि काठमाडौँसम्म पुग्नु पर्थ्यो ।
मुस्कान फर्काउने उपचार अब सुदूरपश्चिममै सम्भव बनाएर पन्तले गुन लगाएको स्थानीयको भनाइ छ । सेवा सुरु भएसँगै सुदूरका हजारौँ बालबालिकाले नयाँ जीवनको खुसी पाउने भएका छन् ।
के हो ओठ र तालु फुट्ने समस्या ? यो समस्या शिशु जन्मँदाखेरि देखिने हो, जसमा बच्चाको ओठ वा मुखको छानो तालु खुला हुन्छ । यसका कारण बालबालिकामा बोल्ने, खाने सास फेर्ने र हाँस्ने समस्याका साथ आत्मविश्वास जगाउने कुरामा गम्भीर समस्या आउन सक्छन् ।
तर उचित समयमा शल्यक्रिया गरेर यसलाई पूर्णरूपमा ठिक गर्न सकिन्छ । चिकित्सकहरूका अनुसार जन्मिएको केही महिनाभित्रैमा सफल अपरेसन गर्न सकिए यस्ता समस्या जीवन भर भोग्नु पर्दैन ।
अस्पतालले यो उपचारका कालागि निःशुल्क अपरेसन सेवा, अस्पताल भर्ना, औषधि, परीक्षण सबै निःशुल्क गरेको छ । वरिष्ठ सर्जन डा दीपक ठाकुराठी, एनेस्थेसिया विशेषज्ञ डा हेमन्त ओझा, डा सुनिल भट्ट लगायतका दक्ष चिकित्सकको टोली बालबालिकाको मुस्कान फर्काउने अभियानमा जुटेको छ ।
निसर्ग अस्पतालले धनगढीमै यस्तो सेवा सुरु गरेपछि गरिब, पिछडिएको र ग्रामीण क्षेत्रका बालबालिकाका लागि निःशुल्क उपचार सेवा वरदान सावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
-
दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
-
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
-
अमेरिका र इरानबिचको पहिलो चरणको वार्तामा ‘उत्साहजनक प्रगति’
-
अमेरिका-इरानबिचको युद्ध अन्त्य वार्तामा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण