अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
सारांश
- अनेरास्ववियुको २४औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। मतदान राति ८ बजेदेखि २ बजेसम्म हुनेछ।
- निर्वाचन कमिटीले उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्यो र अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ।
- अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्, जसमा ५२१ जना उम्मेदवार छन्।
काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै आज राति ८ बजेदेखि मतदानको समय राखेको छ ।
दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ ।
मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ ।
निर्वाचन कमिटीले आवश्यक परेको खण्डमा निर्वाचन कार्यक्रम फेरबदल हुनेछ । निर्वाचन कमिटीले २०३ पदका लागि ५२१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी परेको छ । कडरियाको तर्फबाट महासचिवमा दीपक धामी र पौडेलको तर्फबाट आरके रोमस रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण