यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो जित
बुधबार, २८ जेठ २०८२, २२ : ००

कैलाली । सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।
बुधबार गण्डकीले दिएको १४३ रनको लक्ष्य सुदूरपश्चिमले २१.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
सुदूरपश्चिमको जितमा विक्रम वोहरा प्रमुख रूपमा चम्किए। उनले ५७ रनको अर्धशतकीय पारी खेल्दै टिमलाई जित दिलाउन मद्दत गरे र प्लेयर अफ द म्याच पनि घोषित भए। भास्कार जोशीले अविजित ४६ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गर्दै गण्डकी ४७.१ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा सीमित भयो। गण्डकीका करन गैरेले टिमका लागि सबैभन्दा बढी २७ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका सुशील रावलले ३ विकेट लिए भने राहुल साउँद र हिमाल दौँल्यालले २/२ विकेट झारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी