यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो जित
बुधबार, २८ जेठ २०८२, २२ : ००
कैलाली । सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।
बुधबार गण्डकीले दिएको १४३ रनको लक्ष्य सुदूरपश्चिमले २१.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
सुदूरपश्चिमको जितमा विक्रम वोहरा प्रमुख रूपमा चम्किए। उनले ५७ रनको अर्धशतकीय पारी खेल्दै टिमलाई जित दिलाउन मद्दत गरे र प्लेयर अफ द म्याच पनि घोषित भए। भास्कार जोशीले अविजित ४६ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गर्दै गण्डकी ४७.१ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा सीमित भयो। गण्डकीका करन गैरेले टिमका लागि सबैभन्दा बढी २७ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका सुशील रावलले ३ विकेट लिए भने राहुल साउँद र हिमाल दौँल्यालले २/२ विकेट झारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
-
निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
-
स्पेनविरुद्ध नायक बनेका केप भर्डेका ४० वर्षीय गोलरक्षक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण