ट्रम्पबारे गरेका केही पोस्टप्रति पछुताइरहेछन् मस्क
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारी एलन मस्कबीचको सम्बन्धबारे मस्कले सामाजिक सञ्जालमा पछुतो व्यक्त गरे।
- ट्रम्प र मस्कबीचको सम्बन्धमा वाकयुद्ध चलिरहँदा दुवैले एकअर्कालाई नराम्रो कुरा बोलेका थिए।
- ट्रम्पले मस्कसँग मेलमिलापको कुरा गरेपछि मस्कको पछिल्लो प्रतिक्रिया आएको हो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो बिग्रिएको सम्बन्धबारे खर्बपति व्यापारी एलन मस्कले प्रतिक्रिया दिएका छन् । ट्रम्पबारे गरेका केही पोष्टप्रति मस्कले सामाजिक सञ्जालमार्फत पछुतो जनाएका हुन् ।
सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहँदा दुवैले एक अर्काले भन्न हुने नहुने सबै कुरा भनेका थिए । मस्कले ह्वाइट हाउसमा आफ्नो जिम्मेवारी त्यागेपछि ट्रम्पसँगको उनको सम्बन्ध जगजाहेर भएको थियो । ट्रम्पको कर विधेयकलाई मस्कले घृणित भनेका थिए ।
बुधबार न्यूयोर्क पोष्टसँगको एउटा अन्तरवार्तामा ट्रम्पले मस्कसँग सम्भावित मेलमिलापको कुरा गरेपछि मस्कको पछिल्लो पोस्ट आएको हो । दुई जनाको सम्बन्ध बिग्रिएको देखेर आफू केही निराश बनेको तर उनीप्रति आफ्नो मनमा कुनै कटुता नभएको ट्रम्पले भनेका थिए । आफ्ना बारेमा जे जे बोले त्यसप्रति मस्क आफैँलाई पनि नराम्रो लागिरहेको होला भनेर ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण