ट्रम्पबारे गरेका केही पोस्टप्रति पछुताइरहेछन् मस्क

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारी एलन मस्कबीचको सम्बन्धबारे मस्कले सामाजिक सञ्जालमा पछुतो व्यक्त गरे।
- ट्रम्प र मस्कबीचको सम्बन्धमा वाकयुद्ध चलिरहँदा दुवैले एकअर्कालाई नराम्रो कुरा बोलेका थिए।
- ट्रम्पले मस्कसँग मेलमिलापको कुरा गरेपछि मस्कको पछिल्लो प्रतिक्रिया आएको हो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो बिग्रिएको सम्बन्धबारे खर्बपति व्यापारी एलन मस्कले प्रतिक्रिया दिएका छन् । ट्रम्पबारे गरेका केही पोष्टप्रति मस्कले सामाजिक सञ्जालमार्फत पछुतो जनाएका हुन् ।
सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहँदा दुवैले एक अर्काले भन्न हुने नहुने सबै कुरा भनेका थिए । मस्कले ह्वाइट हाउसमा आफ्नो जिम्मेवारी त्यागेपछि ट्रम्पसँगको उनको सम्बन्ध जगजाहेर भएको थियो । ट्रम्पको कर विधेयकलाई मस्कले घृणित भनेका थिए ।
बुधबार न्यूयोर्क पोष्टसँगको एउटा अन्तरवार्तामा ट्रम्पले मस्कसँग सम्भावित मेलमिलापको कुरा गरेपछि मस्कको पछिल्लो पोस्ट आएको हो । दुई जनाको सम्बन्ध बिग्रिएको देखेर आफू केही निराश बनेको तर उनीप्रति आफ्नो मनमा कुनै कटुता नभएको ट्रम्पले भनेका थिए । आफ्ना बारेमा जे जे बोले त्यसप्रति मस्क आफैँलाई पनि नराम्रो लागिरहेको होला भनेर ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
-
संघीय सरकारको जस्तो छैन नारा, तर सक्षम बन्दैछन् प्रदेश
-
‘महाभोज’सँग भिड्दै ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’
-
संसद् बैठकअघि आज पनि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
जनताको हातमा राजनीति रह्यो भने लोकतन्त्र खतरामा हुँदैन : हरि शर्मा (भिडियो अन्तर्वार्ता)
-
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य