सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा खड्का
बिहीबार, २९ जेठ २०८२, १९ : २०
कैलाली । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्। बिहीबार प्रदेश मन्त्री परिषद्ले उनलाई नियुक्त गरेको हो।
फुटबल र हक्कीका पूर्व खेलाडी खड्काले लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय थिए। राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गरेका उनी जिल्ला कुस्ती सङ्घको अध्यक्ष भएर पनि काम गरेका थिए।
खड्का तत्कालीन क्रिकेट विकास समिति क्षेत्र नम्बर ९ को कोषाध्यक्ष र क्षेत्रीय खेलकुद विकास समितिमा सदस्य रहेका थिए। यसअघि सदस्य सचिव रहेका दिपक बहादुर सिंहको कार्यकाल सकिएको केही महिना पछि प्रदेश सरकारले खड्कालाई नियुक्त गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण