चिप्लिएर घाइते भएका नख्खु कारागारका कैदीको मृत्यु
बिहीबार, २९ जेठ २०८२, १९ : ४७
काठमाडौं । ललितपुर स्थित कारागार कार्यालय नख्खुमा राखिएका एकजना कैदीको मृत्यु भएको छ ।
जेठ २५ मा चिप्लिएर दालको भाँडोमा परेका कैदीको उपचारको क्रममा मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले रातोपाटीलाई बताए ।
बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा उनको बुधवार मृत्यु भएको हो । भान्सामा काम गर्दा चिप्लिएर लडेपछि दालको भाँडोमा पर्दा शरिरको भाग जलेको थियो । कर्तव्य ज्यान र बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका उनि २०८७ मा छुट्दै थिए । अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो ।
कारागार प्रशासक भिमराज कोइरालाले मृतकको नाम सार्वजनिक नगरिएको बताए । उनले भने, ‘त्यो परिवारले लामो पीडा भोगिसकेको हुनाले नाम सार्वजनिक नगरिएको हो ।’ मृतकका परिवारले शव बुझेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण