शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

चिप्लिएर घाइते भएका नख्खु कारागारका कैदीको मृत्यु

बिहीबार, २९ जेठ २०८२, १९ : ४७
बिहीबार, २९ जेठ २०८२

काठमाडौं । ललितपुर स्थित कारागार कार्यालय नख्खुमा राखिएका एकजना कैदीको मृत्यु भएको छ । 

जेठ २५ मा चिप्लिएर दालको भाँडोमा परेका कैदीको उपचारको क्रममा मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले रातोपाटीलाई बताए । 

बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा उनको बुधवार मृत्यु भएको हो । भान्सामा काम गर्दा चिप्लिएर लडेपछि दालको भाँडोमा पर्दा शरिरको भाग जलेको थियो । कर्तव्य ज्यान र बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका उनि २०८७ मा छुट्दै थिए । अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो । 

कारागार प्रशासक भिमराज कोइरालाले मृतकको नाम सार्वजनिक नगरिएको बताए । उनले भने, ‘त्यो परिवारले लामो पीडा भोगिसकेको हुनाले नाम सार्वजनिक नगरिएको हो ।’ मृतकका परिवारले शव बुझेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप