एआइजी कार्कीले ल्याए नयाँ गीत ‘गुन्यु चोली पटुकी’ (भिडियाे)
‘नेपालकी छोरी हुँ म
यही हो मेरो घर
गुन्यु चोली पटुकी
मलाई साह्रै सुहाउँछ...’
काठमाडौँ । पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ ।
कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो । बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन् ।
नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए । ‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो । गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ ।’
पवन सुस्लिङको छायाङ्कन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन् । एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण