बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
शुक्रबार, ३० जेठ २०८२, १८ : ४७
पोखरा । बागलुङको बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ढोरपाटन नगरपालिका वडा नम्बर ५ बतासेडाँडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मृतककाे परिचय भने खुल्न सकेकाे छैन ।
बुर्तिबाङबाट सहीखोला तर्फ जाँदै गरेको लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जिप ढोरपाटन–सालझण्डी सडकखण्डमा बाटोबाट खसेर दुर्घटना भएको हो।
जिपमा चालकसहित १४ जना सवार रहेका इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने ९ जनाको अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण