बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
शुक्रबार, ३० जेठ २०८२, १८ : ४७

पोखरा । बागलुङको बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ढोरपाटन नगरपालिका वडा नम्बर ५ बतासेडाँडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मृतककाे परिचय भने खुल्न सकेकाे छैन ।
बुर्तिबाङबाट सहीखोला तर्फ जाँदै गरेको लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जिप ढोरपाटन–सालझण्डी सडकखण्डमा बाटोबाट खसेर दुर्घटना भएको हो।
जिपमा चालकसहित १४ जना सवार रहेका इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने ९ जनाको अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन
-
प्रभावकारी बन्दै काठमाडौँ महानगरको ‘एक वडा, एक नमूना’ कार्यक्रम
-
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ: मन्त्री पन्त
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
-
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु