नेपाल–भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाइने
सारांश
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठक सर्लाहीमा सम्पन्न भयो, जसमा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति भयो।
- बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार, र मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति भयो।
- बैठकमा बाढीको समयमा रौतहटको गौरलाई डुबानबाट जोगाउन भारतले नदीको साईफन खोल्ने सहमति जनायो।
रौतहट । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न भएको छ। दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति भएको हो।
सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो । दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्ने सहमति भएको बैठकमा सहभागी रौतहटका सिडियो विनोद कुमार खडकाले जानकारी दिए। एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधीलाई पक्राउ गर्न सूचनाको आदानप्रदान संगै प्रत्यक्ष सहयोग गर्ने सहमति पनि भएको छ ।
त्यसैगरी विदेशी घुसपैठमाथि पूर्ण निगरानी, दशगजादेखि सीमा क्षेत्रको सुरक्षामाथि बैठकले विशेष जोड दिइएको छ।
वर्षायाममा रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौर लाई डुबान बाट जोगाउन भारत बैरगनिया स्थित नदीको साईफन (ढोका) खोल्ने सहमति भएको सिडियो खड्काले जानकारी दिए। दुईपक्षीय बैठकमा सर्लाही, महोत्तरी , रौतहट तथा भारत (विहार)को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण