आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

शनिबार, ३१ जेठ २०८२, १५ : १७
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • चिनियाँ राजदूतले इजरायललाई इरानमा सैन्य दुस्साहस बन्द गर्न आग्रह गरे, इजरायलले इरानमा आक्रमण गरेको प्रतिक्रियास्वरुप ।
  • चीनले इजरायलको कार्यको निन्दा गर्दै तनाव र द्वन्द्वको विस्तारको विरोध गरेको छ, साथै कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आह्वान गरेको छ ।
  • चीनले इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई सम्मान गर्नुपर्ने र सुरक्षा परिषद्ले शान्ति कायम गर्नुपर्ने बताएको छ ।

एजेन्सी । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् ।  शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्‍याएको थियो । 

‘इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ’ संयुक्त राष्ट्रका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले भनेका छन् ।  सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उनले चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउँदै इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको समेत बताए ।

द्वन्द्वको वृद्धिले कसैको हितमा काम नगर्ने बताउँदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

उनले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे । हालको घटनाक्रमको नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गर्दै उनले चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रही आक्रमणको विरोधमा रहेको बताए ।  

आणविक सन्धिको एक पक्षको रूपमा इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नुपर्ने समेत उनले उल्लेख गरे । उनले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नुपर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नुपर्ने बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप