करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु
शनिबार, ३१ जेठ २०८२, १५ : २३
सारांश
- मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बु रहेका छन्।
- प्रहरीका अनुसार माछालाई करेन्ट लगाउँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
मोरङ । मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । आज बिहान सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको हो ।
माछालाई करेन्ट लगाएर मार्ने क्रममा उनीहरुको एकैठाउँमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण