नागरिकलाई सुरक्षित यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी : सभापति देउवा
सारांश
- शेरबहादुर देउवाले यातायात व्यवसायीको हकहित र नागरिकलाई सुरक्षित यातायात सेवा दिनुपर्ने बताए।
- उनले व्यवसायीको एकता, प्रयास र सहकार्यबाट यातायातका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
- देउवाले यातायात क्षेत्रको विकासमा सरकार र सरोकारवाला पक्षको गम्भीर पहल आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यातायात व्यवसायीको हकहितको सुरक्षा र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी रहेको बताएका छन् ।
आइतबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यातायात क्षेत्रका समस्याको समाधानका लागि व्यवसायीहरूको एकता, प्रयास र सहकार्य अपरिहार्य रहेको बताएका हुन्
उनले भने, ‘यातायात व्यवसायीको हकहितको सुरक्षाका साथै आम नागरिकमाझ भरपर्दो र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु हाम्रो साझा दायित्व हो । यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ यहाँहरूको एकताबद्ध, प्रयास र सहकार्य अत्यन्त महत्त्वपूर्ण हुनेछ । लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् ठुलो संगठनमा रहनुभएका यातायात व्यवसायी साथीहरूको हक, हितका लागि सधैँ साथ रहन्छ भन्ने विश्साश दिलाउन चाहन्छु ।’
सभापति देउवाले मुलुकको विकास र सेवा प्रवाहमा यातायात क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र जनमैत्री बनाउने दिशामा सरकार र सरोकारवाला पक्षले गम्भीरतापूर्वक पहल गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण