खेलाडीलाई ‘प्रयोग गर र फाल’

जब विश्व खेल क्षेत्र फ्री फायर, पब्जी खेलेर मेडल जित्ने भइसक्यो, हामी अझै कहाँ अल्झिरहेका छौँ भन्ने कुराले नै नेपाली खेलकुदको वर्तमान अवस्था र हाम्रो सोचको धरातललाई स्पष्ट पार्छ । हामीले हिजोको र आजको खेलकुद, हिजोका र आजका खेलाडी र युवाको मनस्थितिबिचको फरक बुझ्न सकेका छैनौँ । जबसम्म यो आधारभूत कुरा बुझिँदैन, तबसम्म खेलकुदको विकास केवल भाषणमा सीमित रहन्छ ।
आज हाम्रो प्राथमिकता कहाँ छ ? हामी आफ्नो मनोरञ्जनका लागि भ्यालोरेन्ट खेलहरूमा लाखौँ लाख खर्च गर्न तयार छौँ तर विद्यालयस्तरको खेलकुदमा लगानी शून्य छ । हामीले यो बुझ्नुपर्छ कि विद्यालय खेलकुदमा गरिएको लगानी भनेको आजको भोलि नतिजा आउने विषय होइन, यो कम्तीमा पाँच वर्षपछिको परिणाम हो । एउटा बच्चाले कलिलै उमेरमा आफू कुन खेलमा रुचि राख्छु र भविष्य बनाउन सक्छु भनेर पहिचान गर्ने अवसर विद्यालयबाटै पाउनुपर्छ तर हामीले विद्यालयमा यस्तो वातावरण बनाउन सकेका छैनौँ ।
नेपाली खेलकुदको सबैभन्दा ठुलो समस्या राजनीतिक रूपमा हस्तक्षेप हो । राष्ट्रिय खेलकुद परिषद्देखि प्रदेश खेलकुद विकास बोर्ड र विभिन्न खेल संघहरूमा खेलकुद बुझेको, योगदान दिएको र सम्बन्धित खेलसँग जोडिएको व्यक्तिभन्दा ‘मेरो पार्टीको मान्छे’लाई नियुक्ति दिने प्रवृत्ति हाबी छ । यस्ता निकायमा बसेकाले राज्यको लगानी खेलाडी र खेल विकासमा होइन, आफ्ना पार्टीका कार्यकर्ता र भ्रातृ संगठनका संस्था तथा क्लबहरूलाई महत्त्व दिने काम गरिरहेका छन् । केपी ओली कप र प्रचण्ड कपजस्ता प्रतियोगिताहरू यसका उदाहरण हुन् । जहाँ लगानी संस्थागत विकासभन्दा पनि दलगत प्रचारमा केन्द्रित देखिन्छ । यसले गर्दा राज्यले गरेको लगानी खेलाडीसम्म पुग्दै पुग्दैन ।
राज्यले खेलाडीलाई ‘जुका’ जस्तो व्यवहार गरेको छ । चाहिन्जेल रगत चुस्ने, अनि अघाएपछि छाडिदिने । हामीले एक–दुई सफलतामा रमाउनेबाहेक केही गरेका छैनौँ ।
राज्यले खेलाडीलाई ‘जुका’ जस्तो व्यवहार गरेको छ । चाहिन्जेल रगत चुस्ने, अनि अघाएपछि छाडिदिने । हामीले एक–दुई सफलतामा रमाउनेबाहेक केही गरेका छैनौँ । दीपक विष्टले ऐतिहासिक सफलता हासिल गरे, हामीले उनलाई सम्मान गर्यौँ तर उनीपछिको दोस्रो वा तेस्रो खेलाडी तयार पार्ने प्रणाली खोइ ? हामीले पहिलो हुनेलाई मात्र हेर्यौँ तर एउटा बलियो प्रणाली बनाउन सकेनौँ, जसले निरन्तर खेलाडी उत्पादन गरोस् । आज एक खेलाडीले अलिकति राम्रो गर्नेबित्तिकै भविष्यको असुरक्षाले गर्दा पासपोर्ट बोकेर दूतावास धाउनुपर्ने अवस्था छ, किनकि उसलाई थाहा छ, खेलेर मात्र भविष्य सुरक्षित छैन ।
क्रिकेटमा देखिएको केही सफलतालाई लिएर हामी गर्व गर्छौं, तर त्यो पनि हाम्रो आफ्नै प्रणालीको उपज होइन । अधिकांश नेपाली क्रिकेट खेलाडीहरूको आधारभूमि भारत हो । उनीहरूले भारतीय स्कुलमा पढेर, त्यहीँको प्रतिस्पर्धामा खेलेर आफूलाई निखारेका हुन् । यो हाम्रो बेस लेभलमा गरिएको लगानीको परिणाम होइन ।
नेपालमा मेडलको सम्भावना भएका खेलहरू नभएका होइनन् । तेक्वान्दो, कराते, उसु, बक्सिङ, ब्याडमिन्टन र टेबल टेनिसजस्ता व्यक्तिगत खेलहरूमा हामीले लगानी केन्द्रित गर्न सक्यौँ भने एसियाली र विश्वस्तरमा समेत मेडल ल्याउन सकिन्छ तर यसका लागि लगानी ग्रास लेभलबाटै हुनुपर्छ । एसएलसी पास गरेपछि खेल्न थालेर मेडल आउँदैन, त्यसका लागि ५–६ कक्षामै खेलाडी पहिचान गरेर प्रशिक्षण दिनुपर्छ । हामीकहाँ पूर्वाधारको पनि चरम अभाव छ । कुनै बेला विराटनगरमा ३० वटा फुटबल मैदान थिए, आज तीनवटा पनि छैनन् । घर र सहर बने, तर खेल मैदानहरू मासिए ।
अन्त्यमा जबसम्म खेलकुदलाई राजनीति हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरिँदैन, प्रशिक्षकको योग्यता, खेलाडीको भविष्य र निस्पक्ष छनोट सुनिश्चित गर्ने वातावरण बन्दैन, तबसम्म हाम्रो खेलकुदको विकास सम्भव छैन । नत्र हामी एक–दुईवटा झुक्किएर आएका सफलतामा खुसी मनाउँदै बस्नेछौँ, तर वास्तविक र दिगो विकास कहिल्यै हुनेछैन ।
(कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री