मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

हङकङबाट दिल्ली आइरहेको एयर इन्डियाको विमान किन फर्कियो हङकङ नै ?

सोमबार, ०२ असार २०८२, १२ : १४
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • हङकङबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या आएपछि हङकङ नै फर्कियो।
  • विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो र यात्रुको सुरक्षाका लागि फिर्ता गरिएको हो।
  • यो घटना, लन्डन जाँदै गर्दा अहमदावादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानको चार दिनपछिको हो, जसमा २४१ जनाको मृत्यु भएको थियो।

हङकङ । हङकङबाट दिल्लीका लागि उडान भरेको भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डियाको विमान हङकङ नै फर्किएको छ । आकाशमा उडिरहेको समयमा एयर इन्डियाको एआई ३१५ मा प्राविधिक समस्या आएको आशङ्का भएपछि पाइलटले उडानलाई आफ्नो मूल गन्तव्यतिर फर्काएको बताइएको छ । 

उडानमा प्रयोग भएको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो । यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर विमान फर्काइएको बताइएको छ । इयर इन्डियाले यस घटनाबारे आधिकारिक विज्ञप्ति जारी गरिसकेको छैन । विमान हङकङबाट दिल्लीका लागि उडेको थियो । यस घटनाबारे अरू जानकारी आएको छैन । 

लन्डन गइरहेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर अहमदावाद विमानस्थलबाट उडेको केही बेरमा अहमदावादमा दुर्घटनाग्रस्त भएको चार दिनपछि यो घटना भएको हो । सो घटनामा विमानमा सवार यात्रु र क्रु मेम्बर समेत २४१ जनाको मृत्यु भएको थियो । विमान खस्दा जमिनमा अरू २९ जनाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप