हङकङबाट दिल्ली आइरहेको एयर इन्डियाको विमान किन फर्कियो हङकङ नै ?
सारांश
- हङकङबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या आएपछि हङकङ नै फर्कियो।
- विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो र यात्रुको सुरक्षाका लागि फिर्ता गरिएको हो।
- यो घटना, लन्डन जाँदै गर्दा अहमदावादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानको चार दिनपछिको हो, जसमा २४१ जनाको मृत्यु भएको थियो।
हङकङ । हङकङबाट दिल्लीका लागि उडान भरेको भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डियाको विमान हङकङ नै फर्किएको छ । आकाशमा उडिरहेको समयमा एयर इन्डियाको एआई ३१५ मा प्राविधिक समस्या आएको आशङ्का भएपछि पाइलटले उडानलाई आफ्नो मूल गन्तव्यतिर फर्काएको बताइएको छ ।
उडानमा प्रयोग भएको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो । यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर विमान फर्काइएको बताइएको छ । इयर इन्डियाले यस घटनाबारे आधिकारिक विज्ञप्ति जारी गरिसकेको छैन । विमान हङकङबाट दिल्लीका लागि उडेको थियो । यस घटनाबारे अरू जानकारी आएको छैन ।
लन्डन गइरहेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर अहमदावाद विमानस्थलबाट उडेको केही बेरमा अहमदावादमा दुर्घटनाग्रस्त भएको चार दिनपछि यो घटना भएको हो । सो घटनामा विमानमा सवार यात्रु र क्रु मेम्बर समेत २४१ जनाको मृत्यु भएको थियो । विमान खस्दा जमिनमा अरू २९ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण