भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी

काठमाडौँ । सांसद चित्रबहादुर केसीले किसानको सट्टा भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको आरोप लगाए । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
‘रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो । तर किसानको सट्टा भू - माफियालाई फाइदा पुग्ने बजेट बनाइएको छ । किसानलाई बजेटमा जोडिएन,’ उनले भने,‘यहाँ सम्मकी किसानका उत्पादन बिक्री नभएको बेलामा कृषिजन्य वस्तु आयातमा लगाइएको अग्रिम कर हटाएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको छ ।’
रोजगारी सिर्जना गर्ने अर्को क्षेत्र उद्योग भएकाले सरकारी उद्योग निजीकरण गर्नु उपयुक्त नभएको तर्क गरे । ‘विगतमा मित्र राष्ट्रको सहयोगमा सार्वजनिक रूपमा सञ्चालन गरिएका जनकपुर चुरोट कारखाना गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी उदयपुर सिमेन्ट कारखानालाई बिक्री गर्ने भनेर यसै बजेटमा परिसकेको छ ,’ उनले भने,‘राज्यमा भएका उद्योग निजीलाई दिने सन्दर्भमा नयाँ उद्योग खोल्न राज्य पछि परेको उद्योग नयाँ रोजगारी सिर्जना गर्न सक्ने भएन ।’
साथै श्रम रोजगार क्षेत्रको बजेट पर्याप्त नभएको बताए । ‘अब श्रम रोजगारलाई जम्मा ४ अर्ब बजेट छुट्याएको छ । यो बजेटले कति रोजगारी सिर्जना गर्ला ?’ उनले भने,‘नेपालीको अगाडि एउटै उपाय रहन्छ युवालाई विदेश पठाएर कमिसन खाने र विदेशबाट युवाले पठाएको रेमिट्यान्सबाट संसद् र तीनै तहको सरकार चलाउने ।’
बजेटले ठुला होटेल रिसोर्टजस्ता व्यवसायलाई कर छुट दिएको तर किसान मजदुर निम्न आय भएकामाथि कर लगाएको बताए । सरकारले शिक्षकका माग सम्बोधन हुने गरी बजेट विनियोजन नगरेको बताए । यस्तै स्वास्थ्यमा न्यून बजेट विनियोजन भएको साथै शिक्षा र स्वास्थ्यबाट राज्य पन्छिएको बताए ।
यस्तै नदीजन्य सामग्री विदेशमा बिक्री गर्दा नेपाललाई पर्ने प्रभावबारे ध्यान जान जरुरी रहेको उनको तर्क थियो । साथै उनले यो बजेटलाई राष्ट्रिय जनमोर्चा पार्टीले समर्थन नगर्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर