नेप्सेमा सामान्य गिरावट, कारोबारको उत्साह पनि टिकेन
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से ३.९० अङ्कले घटेर २६५४.७५ विन्दुमा बन्द भएको हो ।
परिसूचकसँगै आज कारोबारमा पनि उच्च गिरावट आएको छ । सोमबार १३ अर्ब माथिको कारोबार भएको बजारमा आज मुस्किलले ७ अर्ब ६५ करोडको कारोबार भएको छ । आज दिनभरमा जम्मा २४७ कम्पनीका ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको हो ।
आज बजारमा बिक्रीकर्ता हाबी देखिएका छन्। कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्यमा गिरावट आएको छ।
आज कारोबारमा आएका उप(समूहहरूमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको छ। हाइड्रोपावर समूहको सूचक ०।२७५ ले बढ्दा, सबैभन्दा धेरै होटल्स एण्ड टुरिजम समूह १.५५ प्रतिशत र माइक्रोफाइनान्स समूह १.१० ले घटेका छन्। त्यसैगरी, बैङ्किङ, विकास बैङ्क, वित्त, जीवन बीमा लगायतका अन्य समूहहरू पनि आज घटेका छन् ।
सर्वाधिक कमाउनेमा आज पनि पियोर इनर्जी रह्यो । सो कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। यसपछि बुटवल पावर कम्पनी ७.५९ प्रतिशत र सामुदायिक लघुवित्त ७.१३ प्रतिशतले बढेका छन्। सर्वाधिक गुमाउनेमा आज गार्डियन लाइफ इन्स्योरेन्स रहेको छ ।
सो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.७२ प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रो अग्रस्थानमा रह्यो। कम्पनीको ७४ करोड ९६ लाख भन्दा बढीको शेयर कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण