४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
सारांश
- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोशीको पानी धरानमा ल्याउने योजनाका लागि विनियोजित ४ करोड बजेटप्रति असन्तुष्टि जनाएका छन्।
- मेयर साम्पाङले सामाजिक सञ्जालमा श्रमदानबाटै पानी खुवाउने बताएका छन्, बजेटको रकम अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
- संघीय सरकारले कोशीको पानी ल्याउन बजेट विनियोजन गरेपछि साम्पाङले यसअघि काठमाडौंमा गएर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई भेटेका थिए।
काठमाडौँ । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् ।
‘कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन ! म श्रमदानबाटै पानी खुवाउँला बरु भो ! उस्स्स्स तिम्रो योजना !’उनले बुधबार फेसबुकमा लेखेका छन् ।
खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको हो । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए ।
त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण