ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित

समाचार सारांश
- रौतहटको फतुवा विजयपुर नपा ११ मा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी भएको छ, जसका कारण सयौं परिवार खानेपानीबाट वञ्चित भएका छन्।
- अज्ञात चोर समूहले ट्रान्सफर्मरबाट महँगो तामाका तारहरू चोरेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
- यसअघि पनि सोही आयोजनाको ट्रान्सफर्मर चोरी भएको र प्रहरीले चोरहरूलाई पक्राउ गरेको इतिहास छ, तर यसपटक चोरीको घटनाले स्थानीयलाई सास्ती दिएको छ।
रौतहट । रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका ११ राङ्गी गाउँ स्थित सञ्चालित खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ। ट्रान्सफर्मर चोरीसँगै गाउँका सयौँ परिवार खानेपानीबाट वञ्चित भएका छन्।
अज्ञात चोर समूहले विद्युत्को लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका तार चोरेर लागेको स्थानीयले बताएका छन्।
गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी बारे बुधवार थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भएपछि अहिले राङ्गी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ। गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवार लाई ठुलो सास्ती भएको स्थानीय हरि कोइरालाले बताएका छन्।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटनाबारे आफूहरूले बुधबार बिहान ११ बजे थाहा पाउनेबितिकै स्थलगत निरीक्षण गरेको बताए। घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
केहीवर्ष अघि राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको थियो। इलाका प्रहरी कार्यालय विजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले घटनाको गहन अनुसन्धान गरका थिए । सोही अनुसन्धानका आधारमा चोरीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका सबै जना आरोपहरू पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन्। त्यस पछि ट्रान्सफर्मर चोरीको घटना प्रायः बन्द भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी