इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की
सारांश
- इरान र इजरायलबीचको युद्ध सातौँ दिनमा प्रवेश गर्यो, इजरायली सेनाले दुई इरानी सहर खाली गर्न चेतावनी दियो।
- अराक र खोन्दबमा रहेका आणविक रियाक्टरहरू इरानको आणविक कार्यक्रमका महत्त्वपूर्ण हिस्सा हुन् र अन्तर्राष्ट्रिय निगरानीमा छन्।
- युद्धमा २४ इजरायली नागरिकको मृत्यु भएको छ भने इरानमा ६३९ जनाको मृत्यु भएको र १३२९ जना घाइते भएको बताइएको छ।
तेहरान । इरान र इजरायलबिचको युद्ध सातौँ दिनमा पुगेको छ । यसैबिच, इजरायली सेना (आईडीएफ) ले बिहीबार बिहान दुई इरानी सहरहरू अरक र खोन्डुबका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।
अराकमा हेभी वाटर रियाक्टर छ । यो रियाक्टर इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । अरकमा ठुलो मात्रामा हतियार पनि उत्पादन गरिन्छ ।
खोन्दबमा पनि आईआर–४० नाम गरेको हेभी वाटर रिएक्टर । यो पनि इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । यो स्थान अरकबाट लगभग ४० किलोमिटर टाढा छ । अरकलाई जस्तै यसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिँदै आएको छ ।
पछिल्लो ६ दिनमा यस इरान–इजरायल युद्धमा २४ इजरायली नागरिक मारिएका छन् । यसैबिच, वासिङ्टनस्थित एक मानवअधिकार समूहले इरानमा मृत्यु हुनेको सङ्ख्या ६३९ पुगेको बताइएको छ । यी आक्रमणमा कम्तीमा पनि १ हजार ३२९ जना घाइते भएको दाबी उसले गरेको छ ।
इजरायली ह्याकरहरूले बुधबार राति इरानको सरकारी सञ्चालित आईआरआईबी टिभी सहित धेरै समाचार च्यानलहरू ह्याक गरेका छन् । यस समयमा मानिसहरूलाई विद्रोह गर्न आह्वान गरिएको थियो ।
यी ह्याकरहरूले २०२२ मा इरानमा भएको विरोध प्रदर्शनको भिडियोहरू चलाएका थिए । यी भिडियोमा महिलाहरूले आफ्नो कपाल काटिरहेका देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण