शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा

बिहीबार, ०५ असार २०८२, २१ : १२
बिहीबार, ०५ असार २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गरेपछि एपीएफ ए डिभिजनमै रहने भएको छ ।

यता थ्रीस्टार  क्लब भने रेलिगेसनमा परेर बी डिभिजनमा घटुवा हुने भयो । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिएको विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले अनुसान कमिटी हालेको उजुरीको निर्णय चित्त नबुझेपछि एपीएफ अपिल कमिटीमा गएको थियो । 

जावलाखेलविरुद्ध जितको नतिजा उल्टिएपछि थ्रीस्टारको १३ खेलबाट २९ अङ्क रहँदै १३औँ स्थानमा हुने भएको छ । १३ खेलबाट ३० अङ्क जोडेको एपीएफ भने अब १२औँ स्थानमा रहने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप