एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
बिहीबार, ०५ असार २०८२, २१ : १२
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गरेपछि एपीएफ ए डिभिजनमै रहने भएको छ ।
यता थ्रीस्टार क्लब भने रेलिगेसनमा परेर बी डिभिजनमा घटुवा हुने भयो । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिएको विदेशी खेलाडी खेलाएको भन्दै एपीएफले अनुसान कमिटी हालेको उजुरीको निर्णय चित्त नबुझेपछि एपीएफ अपिल कमिटीमा गएको थियो ।
जावलाखेलविरुद्ध जितको नतिजा उल्टिएपछि थ्रीस्टारको १३ खेलबाट २९ अङ्क रहँदै १३औँ स्थानमा हुने भएको छ । १३ खेलबाट ३० अङ्क जोडेको एपीएफ भने अब १२औँ स्थानमा रहने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण