अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण

समाचार सारांश
- पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हदबन्दी छुट प्रकरणमा मुछिएपछि सांसद पदबाट निलम्बनमा परेका छन्।
- अख्तियारले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल निलम्बनमा परेका हुन्, तर मुख्य सञ्चालकलाई उन्मुक्ति दिइएको आरोप छ।
- पतञ्जलि योग पीठका सञ्चालक रामदेव र बालकृष्णलगायतका भारतीय नागरिकलाई मुद्दा नचलाइएको पाइएको छ।
काठमाडौँ । पतञ्जलि योग पीठको जग्गामा हदबन्दी छुट प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला सांसदबाट निलम्बन अवस्थामा छन् ।
उनीसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बन भएको हो । अख्तियारको यो कदमलाई भ्रष्टाचारमा अहिलेसम्मकै ठुलो माछा समातेको रुपमा अर्थ्याइँदै आएको छ ।
तर, यही केसमा पर्याप्त प्रमाण हुँदाहुँदै पनि मुख्य सञ्चालकहरूलाई जानीजानी उन्मुक्ति दिएको पाइएको छ । पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका संरक्षक र सञ्चालक रहेका भारतीय नागरिकमाथि मुद्दा नचलाइएको हो ।
कम्पनी रजिस्टारको कार्यालयले श्री पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामको कम्पनी २०६४ साल असोज २० गते दर्ता गरेको देखिएको छ र उक्त कम्पनीको संस्थापक सञ्चालकहरूमा पाँच जनाको नाम रहेको प्राप्त विवरणमा उल्लेख छ ।
उक्त कम्पनीको संरक्षक सञ्चालकमा समाजसेवी योग गुरु स्वामी श्री रामदेव रहेको त्यो बेलाको कम्पनी रजिष्ट्रार कार्यालयको लगत अभिलेख देखिन्छ । रामदेवको उनको भारतीय पासपोर्ट जेड–१३३९०५० रहेको हो । उनको ठेगाना पतञ्जलि योग पीठ बहादरावाद, हरिद्वार भारत उल्लेख गरिएको छ ।
सोही समयमा कम्पनीको अध्यक्ष आचार्य बालकृष्ण रहेको पाइएको छ । नेपालमा जन्मिएका उनले स्वामी शंकरदेव, पतञ्जलि योग पीठ बहादरावाद, हरिद्वार भारत ठेगाना राखेका छन् । उनले अभिलेखमा पनि भारतीय पासपोर्ट नै उल्लेख गरेका छन् । उनको भारतीय पासपोर्ट नम्बर जेड–११७९०१ रहेको छ ।
उक्त कम्पनीका अर्का सञ्चालकहरूमा महन्त राजेन्द्र दास, राजेन्द्र सिंह र शालिग्राम सिंह रहेका छन् । त्यसमध्ये राजेन्द्र सिंह मात्रै नेपाली हुन् ।
काठमाडौँ महानगरपालिका–७ सिफल ठेगाना रहेका सिंहविरुद्ध मात्रै अख्तियारले मुद्दा चलाएको छ । अरू मुख्य चारजनाविरुद्ध भने मुद्दा नै नचलाई उन्मुक्ति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने