हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
सारांश
- तनहुँको देवघाटमा एक युवकको हत्यामा फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्।
- महतलाई चितवनको वृद्धाश्रमबाट पक्राउ गरिएको हो, जहाँ उनी लुकेर बसेका थिए।
- घटनामा संलग्न अन्य दुई जनालाई पहिले नै पक्राउ गरिएको थियो र थप अनुसन्धान भइरहेको छ।
तनहु । तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्। महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।
गत २०८२ असार ५ गते बिहान करिब ५ बजे तनहुँ देवघाट गाउँपालिका–५, बद्रिमुक्ती टोलमा ३२ वर्षीय प्रकाश पौडेलको मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले कुटपिट गरी हत्या गरेका थिए। उक्त घटनामा संलग्न रहेका जिल्ला पाल्पा तानसेन नगरपालिका–८ नयाँपाटी निवासी २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौडा उपमहानगरपालिका–३ हटिया निवासी ४२ वर्षीय राम लामा सो दिन पक्राउ परेका थिए।
घटनामा संलग्न रहेका महोत्तरी बर्दिवास नगरपालिका–१ निवासी ४६ वर्षीय महत भने वारदातपछि फरार थिए। प्रहरी चौकी देवघाट तनहुँबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमान्डमा खटिएको चार सदस्यीय टोलीले चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा महतलाई असार ७ गते बिहान पक्राउ गरेको हो।
हाल उनलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीमार्फत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण