जसपा नेपाल कार्यकारिणी समिति बैठक : सरकारमा बस्ने कि नबस्ने विषयमा छलफल हुँदै
सारांश
- जनता समाजवादी पार्टी नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै कार्यकारिणी समितिमा छलफल गर्ने भएको छ।
- जसपा नेपालले सरकारलाई समर्थन गरे पनि विपक्षी दलको जस्तो व्यवहार गरिरहेको छ, जसले गर्दा सरकारमा रहने कि न रहने भन्ने विषयमा छलफल हुनेछ।
- पार्टीले बजेट, भिजिट भिसा प्रकरण र भूमि सम्बन्धी अध्यादेशमा सरकारको आलोचना गरेको छ, जसलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएका छैनन्।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारको बारेमा कार्यकारिणी समितिमा छलफल गर्ने भएको छ । हिजोदेखि जारी कार्यकारिणी समितिको बैठकमा सरकारको विषयमा छलफल हुने बताइएको छ । जसपा नेपालले सरकारलाई बाहिरबाट समर्थन गरेको छ तर सार्वजनिक रूपमै सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएको छ ।
सो पार्टी सदनमा सत्तापक्षको कुर्सीमा बसेको छ तर त्यहाँ जसपाका सांसदहरूले विपक्षी दलको सांसदले जसरी आफ्नो धारणा राखिरहेका हुन्छन् । सरकारलाई समर्थन गरे पनि जसपा नेपालले सरकारसँग विपक्षीको जस्तो व्यवहार गरिरहेको छ ।
त्यसैले सरकारमा बस्ने कि नबस्ने विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने एक नेताले बताए । ती नेताका अनुसार जसपा नेपालले धेरै दिनसम्म सरकारलाई समर्थन दिइ रहन नसक्ने देखिएको छ । यो बैठकमा पार्टीले आफ्नो दिशा स्पष्ट गर्ने उनले बताए ।
सरकारले ल्याएको बजेटको पनि जसपा नेपालले आलोचना गरेको छ । भिजिट भिसा प्रकरणमा पनि जसपा नेपालले सरकारको आलोचना गरेको छ भने भूमि सम्बन्धी अध्यादेश फिर्ता गराउन सरकारलाई बाध्य पार्ने पनि जसपा नेपालले नै हो । संसदमा प्रस्तुत भूमि सम्बन्धी विधेयकको विरोध गर्नेमा जसपा नेपालले नै अगुवाइ गरेको थियो ।
सत्ता पक्ष भएर पनि यसरी सरकारको आलोचना गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रूपमा लिएका छैनन् । सरकारलाई समर्थन गरेर पनि सरकारसँग राम्रो सम्बन्ध नहुनुले समर्थन दिनु कति उचित हुने विषयमा छलफल गरेर एउटा निर्णय लिने जसपा नेपालका ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण