कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
आइतबार, ०८ असार २०८२, १४ : ०२
सारांश
- कैलालीको धनगढी उपमहानगरपालिका-७ मा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।
- प्रहरीले शनिबार दिउँसो न्यु लामिछाने कन्ट्रक्सनबाट उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूबाट १ लाख २६ हजार २ सय ८० नेपाली रुपैयाँ, ३ हजार भारतीय रुपैयाँ, तास र मोबाइल बरामद गरियो।
कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय सन्तोष कामीसहित १२ जना पक्राउ परेका हुन् ।
उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रुपैयाँ, ३ हजार भारतीय रुपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण