इरानलाई इजरायलको सन्देश : केही दिनभित्रै युद्ध अन्त्य गर्न खोजिरहेका छौँ
काठमाडौँ । इरानको आणविक केन्द्रहरूमा संयुक्त राज्य अमेरिका पनि सामेल भएपछि इजरायलले आफ्नो बमबारी अन्त्य गर्न चाहेको संकेत दिएको छ ।
इजरायलले यो सन्देश मध्यस्थकर्ताहरूमार्फत तेहरानसम्म पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वाल स्ट्रिट जर्नलले इजरायली र अरब अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकाको हमलाबाट प्राप्त भएको सफलतालाई उपयोग गर्दै इजरायल आगामी दिनमा युद्ध अन्त्य गर्न खोजिरहेको छ ।
अमेरिकी सेनाले इरानको नतान्ज, फोर्डो र इस्फाहानमा रहेका आणविक केन्द्रहरूमा हमला गरेको थियो ।
अरब अधिकारीहरूका अनुसार अमेरिकाले आफ्ना साझेदारहरूलाई इरानसमक्ष इजरायलले १० दिनअघि सुरु भएको सैन्य अभियान चाँडै अन्त्य गर्न चाहेको सन्देश पुर्याउन भनेको छ ।
यद्यपि इरानले आइतबार भएको अमेरिकी हमलाको जवाफ दिनैपर्ने महसुस गरिरहेको अधिकारीहरूले बताएका छन् । यो द्वन्द्वपछि तेहरान आफ्नो आणविक कार्यक्रमबारे पुनः कूटनीतिक वार्तामा फर्कनेछ भन्ने आशा इजरायली अधिकारीहरूले राखेका छन् ।
एक समाचारमा जनाइएअनुसार इजरायलले आफ्नो सैन्य अभियान ‘अपरेसन राइजिङ लायन’ को उद्देश्य आगामी केही दिनमा पूरा हुने पनि विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण