शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाले अराजकतालाई मलजल गर्ने गरी काम गरिरहेको छ : सांसद गैरे

मङ्गलबार, १० असार २०८२, १२ : ५३
मङ्गलबार, १० असार २०८२

काठमाडौँ । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्ने गरी असंसदीय काम गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गैरेले भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको, सिङ्गो संसद्को र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । 

भिजिट भिसा प्रकरणका दोषीहरू उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताए । संसद् बहिष्कार गरेर गएकाहरूले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको बारेमा बुझ्न नसकेको जिकिर गरेका हुन् । 

उनले भने, ‘भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको, सिङ्गो संसद्को र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएकै छ । भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपालीहरू ठगिएको, नेपालीहरूले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पत्ति गुमाएको भन्ने छ । कुनै दोषी व्यक्तिहरू उम्किन नपाओस् । निर्दोष व्यक्तिहरूले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस् । अहिले संसद् बहिष्कार गरेर जानुभएका माननीयज्यूहरूले बुझ्नुभएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानबिन प्रक्रियालाई कुनै असर नपर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टतापूर्वक छानबिन गरिरहेको छ । त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्ने कुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ । आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप