शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सुरु भयो माधव नेपालको बयान

बुधबार, ११ असार २०८२, ११ : २७
बुधबार, ११ असार २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सुरु भएको छ । 

बुधवार विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।

विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप