सप्तरीका तत्कालीन पशु विकास अधिकृतसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित ३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
बुधबार झा सहित सहलेखापाल अनिल लिम्बु र मोदक एडभरटाइजिङ प्रा. लि. सञ्चालक कौशल राज सिंहविरुद्ध १ लाख २९ हजार ६६७ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
सार्वजनिक खरिदको सूचना प्रकाशित नै नगरी झुट्टा बिल बनाएर रकम भुक्तानी दिएको/लिएको अख्तियारको आरोप छ । आयोगका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माणसम्बन्धी बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था थियो। तर, प्रतिवादीहरूले मिलेमतो गरी सूचना लुकाएर ‘सौर्य राष्ट्रिय दैनिक’ मा एक प्रति मात्र प्रकाशन गरेको भनी झुट्टा कागजात तयार पारेका थिए ।
यस सम्बन्धमा प्रेस काउन्सिल नेपालले अनुसन्धान गर्दा उक्त पत्रिकामा सो मितिमा भवन निर्माणसम्बन्धी कुनै सूचना प्रकाशित नभएको पुष्टि गरेको थियो। सूचना प्रकाशन नै नगरी झुट्टा बिल बनाएर प्रतिवादीहरूले रु. १ लाख २९ हजार ६६७ भुक्तानी दिएको र लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
आयोगले तत्कालीन कार्यालय प्रमुख झा र सहलेखापाल लिम्बुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुर गरेको दाबी गरेको छ । उनीहरूलाई सोही ऐनको दफा ८ (१) बमोजिम कैद र बिगो बराबर जरिवाना गर्न माग गरिएको छ ।
मोदक एडभरटाइजिङ प्रा. लि.का सञ्चालक सिंहले राष्ट्रसेवकलाई गैरकानूनी लाभ पुर्याउन मतियारको भूमिका खेलेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदार सरह नै सजाय गर्न मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण