शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलको महाप्रबन्धक फेरिए, प्राधिकरणका तीन उच्च अधिकारीको सरुवा

बिहीबार, १२ असार २०८२, १० : ४६
बिहीबार, १२ असार २०८२

सारांश

  • त्रिभुवन र पोखरा विमानस्थलका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
  • जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रबन्धक र हंसराज पाण्डेलाई त्रिभुवन विमानस्थलको जिम्मेवारी दिइयो।
  • प्रेमनाथ ठाकुरलाई भने प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकले यस्तो हेरफेर गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।  

निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा भएका छन् । उनको स्थानमा यसअघि प्राधिकरणका प्रवक्ता समेत रहेका हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

उता पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरण केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप