सुनचाँदी व्यवसायीले विलासिता करको विरोधमा शुक्रबार प्रदर्शन गर्ने
काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गर्ने भएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा शुक्रबार काठमाडौँमा संयुक्त र्याली आयोजना गर्न लागिएको हो ।
‘अव्यवहारिक करको विरोधमा संघ, महासंघहरुबाट संयुक्त रूपमा विभिन्न नियामक निकाय तथा उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरी ज्ञापन पत्र बुझाउने कार्यसहित चरणबद्ध रूपमा विरोध कार्यक्रमहरू सञ्चालन गर्दै आएको सर्वविदितै छ ,’ नेपाल सुनचाँदी शिल्प व्यवसायी महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा, सरकार पक्षबाट व्यवसायीहरूको हक हितका विषयमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त भए तापनि, ती प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन थप सशक्त र व्यवस्थित ढङ्गले दबाबमूलक कार्यक्रमहरू अघि बढाउन आवश्यक देखिएकोले संयुक्त महासंघद्वारा सरकारद्वारा लागु गरिएको कर प्रणालीको विरोधमा संयुक्त बृहत् एवम् खबरदारी सभा र्याली आयोजना गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण