दृष्टिका अध्यक्ष र कार्यकारी सम्पादकसँग २५/२५ हजार धरौटी माग
सारांश
- विशेष अदालतले 'दृष्टि न्युज'का अध्यक्ष र कार्यकारी सम्पादकसँग २५/२५ हजार धरौटी माग गरेको छ।
- 'दृष्टि न्युज'मा प्रकाशित समाचारका कारण अदालतको अवहेलना मुद्दा दायर भएको थियो।
- असार ८ गते प्रकाशित समाचारमा विशेष अदालतमा बिचौलियाको चलखेलको आरोप लगाइएको थियो।
काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा ’दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग विशेष अदालतले २५/२५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
दृष्टि न्युजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
असार ९ गते विशेषको बृहत् इजलासले सम्पादकसहित ३ जनालाई समाचार नहटाई ३ दिनभित्र बयानमा आउन आदेश दिएको थियो । बयानका क्रममा अध्यक्ष श्रेष्ठले विशेष संवाददाता नरहेको र उक्त सामग्रीको जिम्मेवारी कार्यकारी सम्पादकमा रहने बताएका थिए ।
श्रेष्ठले उल्लेख गरेका साक्षीलाई असार १५ गते बिहान १० बजे बकपत्रका निम्ति अदालतमा पेस गर्न पनि आदेशमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण