शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल एसियाली युथ टेबलटेनिसको प्रिक्वाटरफाइनलमा

शुक्रबार, १३ असार २०८२, १२ : ५०
शुक्रबार, १३ असार २०८२

सारांश

  • नेपाल २९ औँ एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
  • उज्वेकिस्तानमा भएको खेलमा नेपालले साउदी अरबियालाई ३-१ ले पराजित गर्यो।
  • प्रिक्वाटरफाइनलमा नेपालले मलेसियाको सामना गर्नेछ।

काठमाडौँ । नेपाल २९ औँ एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।

नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।

प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप