शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ : उपाध्यक्ष अधिकारी

सोमबार, १६ असार २०८२, १५ : १९
सोमबार, १६ असार २०८२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौँमा आयोजित उत्थानशीलको लागि परामर्श ः जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान नेपाल संवाद कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणामहरू सुनिश्चित गर्न  धेरै महत्त्व राख्ने भएकाले यस कार्यमा योजना आयोग कटिबद्ध रहेको जानकारी दिए । 

उनले नेपाल र सम्पूर्ण हिन्दु कुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र लचिलो भविष्य निर्माण गर्ने साझेदारीमा मिलेर लगानी गर्नुपर्ने बताउँदै  हरित रोजगारी, जलवायु–स्मार्ट उद्यमहरू गर्न, र इकोसिस्टम निर्माण गर्न नेपाल कटिबद्ध रहेको बताए । 

उनले साझा अनुभवहरू र आपसी शिक्षाले पहुँच लाभ साझेदारी, र चक्रीय अर्थव्यवस्थाहरूमा सहकार्यका लागि नयाँ ढोका खोल्ने समेत बताए । “हामीले यो बुझ्नु आवश्यक छ कि उद्यमशीलता केवल एक आर्थिक गतिविधि मात्र होइन–यो समावेशी र जलवायु–लचिलो विकासको एक शक्तिशाली चालक पनि हो, नेपाल सरकारले राष्ट्रिय नीति र कार्यक्रमबाट यसबारे स्पष्ट पारेको छ” उपाध्यक्ष अधिकारीले भने । 

उपाध्यक्ष अधिकारीले आफूहरूसँग अहिले स्टार्टअप र इनोभेसन नीतिहरू रहेको बताउँदै यसबारेमा पछिल्ला वर्षहरूमा, नेपालले महत्त्वपूर्ण आधार तयार पारेको जानकारी दिए । 

उनले उद्यमशीलतामा इकोसिस्टमसङै मेन्टरसिप ल्याउनु आवश्यक रहेको बताउँदै मेन्टरसिपलाई वैकल्पिक सेवाको रूपमा हेर्न नहुने तर यसलाई हाम्रो अर्थव्यवस्था र समुदायहरूलाई रूपान्तरण गर्ने रणनीतिको रूपमा अँगाल्नु पर्ने समेत विचार व्यक्त गरे । 

व्यवसायीहरूले पहिलो पटक नेपालको उद्यमशीलता इकोसिस्टममा मेन्टरसिपलाई संस्था बनाउन साहसी कदम चालेको हुँदा यो एउटा कोसे ढुङ्गा रहेको समेत बताए । 

मेन्टरसिपमा लगानीबाट हामीले स्थानीय समस्याहरू समाधान गर्ने, सभ्य काम सिर्जना गर्ने र प्रकृति र समुदाय दुवैलाई सम्मान गर्ने व्यवसायहरू निर्माण गर्ने जनताको क्षमतामा लगानी गर्न सकिने दाबी गरे । 

उक्त कार्यशालामा भुटान चेम्बर अफ कमर्स, नेसनल बायोडाइभर्सिटी सेन्टर र नेपालका  उद्यमीहरूको सहभागीता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप