डेटिङ एप्समा झुक्किएर म्यासेजका रूपमा पठाइएको एक अक्षरले ६ वर्षदेखि तनाव
सारांश
- बेलायतमा एक महिलाले डेटिङ एप्समा झुक्किएर पठाएको म्यासेजका कारण ६ वर्षदेखि एक व्यक्तिबाट दुर्व्यवहार खेप्नुपरेको छ।
- एक अक्षरको म्यासेज पठाएपछि ती व्यक्तिले महिला र उनको परिवारलाई धम्की दिन थाले, जसका कारण उनी पटक-पटक जेल परेका छन्।
- आगामी महिना जेलबाट रिहा हुँदै गरेका ती व्यक्तिबाट आफूहरू असुरक्षित हुने भन्दै महिलाको परिवारले अदालतमा कडा कारबाहीको माग गरेका छन्।
काठमाडौँ । डेटिङ एप्समा झुक्किएर म्यासेजका रूपमा पठाइएको एउटा अक्षरका कारण एक परिवार ६ वर्षदेखि तनाव झेल्दै आइरहेको छ । बेलायतको वेल्सको पोर्ट ट्याल्बोट शहरकी बासिन्दा बेथान सिम्स डेटिङ एप्स ‘प्लेन्टी अफ फिस’ चलाउँथिन् ।
सन् २०१९ मा एक दिन यो एप्स चलाउँदा चलाउँदै उनी निदाइन् । निदाएकै समयमा एक जनालाई सिम्सको अकाउन्टबाट म्यासेजका रूपमा एक अक्षर टाइप भएर पठाइएको रहेछ ।
सिम्सले बिउँझिएपछि मात्र आफ्नो अकाउन्टबाट कसैको म्यासेजबक्समा एउटा अक्षर पठाइएको थाहा पाइन् । त्यतिन्जेल उताबाट सिम्सलाई दर्जनौँ म्यासेज आइसकेको थियो ।
३६ वर्षीय नील ह्यान्कक नाम गरेका पुरुषले लगातार म्यासेज गरिरहे पनि सिम्सले उनलाई जबाफ दिइनन् । त्यसपछि नीलले सिम्सलाई गाली र धम्कीपूर्ण म्यासेज पठाउन थाले । अति भएपछि उनले नीललाई ‘ब्लक’ गरिदिइन् ।
तर, समस्या यतिमै समाधान भएन । नीलले अन्य अकाउन्ट खोलेर सिम्सलाई त्यस्तै म्यासेज गरिरहे । त्यसपछि नीलले सिम्सकी आमालाई समेत म्यासेज गर्न थाले ।
सिम्सका आमाछोरी नै मिलेर प्रहरीमा नीलविरुद्ध उजुरी दिए । सिम्स परिवारमाथि दुर्व्यवहार गरेको आरोपमा नील जेल गए । जेलबाट बाहिर आइसकेपछि पनि नीलले सिम्स परिवारलाई सास्ती दिन छाडेनन् । सिम्स परिवारको उजुरीका आधारमा कारबाही गर्दै नीललाई प्रहरीले फेरि पक्राउ ग¥यो ।
वेल्स अनलाइनमा प्रकाशित रिपोर्ट अनुसार सिम्स परिवार ६ वर्षदेखि नीलबाट प्रताडित छ । सिम्सकी आमा क्याथरिनलाई उद्धृत गर्दै वेल्स अनलाइनले लेखेको छ, ‘यो घटना भएको ६ वर्ष भइसक्यो र यो दुःस्वप्न जस्तो देखिन्छ ।’
नील आगामी महिना जेलबाट रिहा हुँदैछन् । सिम्सको परिवार पोर्ट ट्याल्बोटस्थित आफ्नो घरमा बस्दै आएको छ । नीललाई त्यहाँ जान निषेध गरिएको छ । तर, उनी निरन्तर अदालतको आदेश उल्लङ्घन गर्दै आएका छन् । त्यसैको परिणामस्वरुप पटक–पटक जेल गइसकेका छन् । उनको पछिल्लो जेल जीवन सकिनै लागेकाले सिम्स परिवार फेरि त्रासमा छ ।
क्याथरिनका अनुसार नीलसँग उनीहरूको कुराकानी भएकै छैन । यद्यपि, आफूहरू कहाँ र कुन अवस्थामा बसिरहेको छ भन्नेकुरामा नीलले पूर्ण रूपमा जानकारी पाइरहेका हुन्थे र सिम्स परिवारलाई त्यसबारे म्यासेज गरेर आफूले निगरानी गरिरहेको सन्देश दिन्थे ।
बेथान सिम्सले नीलबाटै बर्बाद गरिएकी एक महिलालाई यसबिचमा भेट गरिन् । कार्ल मेलन नाम गरेकी महिला पनि नीलबाट नराम्ररी प्रताडित थिइन् । नीलकै कारण उनले आफ्नो जागिरसमेत गुमाउनु प¥यो ।
नील सुरुमा पोर्ट टेल्बोटको लिङ्गफिल्ड एभेन्युमा बस्दथे । पछिल्लो समय उनी नीथमा बस्न थालेका थिए । १३ नोभेम्बर २०२३ मा उनलाई अदालतले ४८ सप्ताहका लागि जेल सजाय तोकेको थियो । पछि यो सजाय निलम्बित गर्दै उनलाई पाँच वर्षको निरोधक आदेश दिइएको थियो, जस अनुसार उनले पीडितलाई कुनै प्रकारले सम्पर्क गर्न नपाउने र उनीहरूको जजिक जानसमेत नपाउने भन्ने थियो । तर नीलले अदालतको उक्त आदेश उल्लङ्घन गरे । जसका कारण उनलाई करिब ११ महिनाको जेल सजाय भएको थियो । रिहा भएपछि उनले सामाजिक सञ्जालमार्फत बेथान सिम्ससँग सम्पर्क गरे । त्यसपछि उनलाई फेरि १२ साताको जेल सजाय भयो । यही सजाय पूरा गरेर नील आगामी महिना रिहा हुँदैछन् ।
सिम्स परिवारले अदालतसँग कडा निरोधक आदेश माग गर्दै नीलविरुद्ध उजुरी दिन लागेको छ । अदालतकै आदेश पटक–पटक उल्लङ्घन गरिसकेका नील रिहा भएपछि आफूहरू असुरक्षित हुने आकलन गर्दै उनीहरू अदालतकै गुहार माग्ने तयारीमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण