सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द
सारांश
- यातायात व्यवस्था विभागले प्रणालीमा समस्या आएको भन्दै सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा बन्द गरेको छ।
- शुक्रबार एक सूचना जारी गर्दै विभागले अनलाइन आवेदन र लाइसेन्स प्रिन्ट लगायतका सेवा बन्द गरेको जनाएको छ।
- प्रणालीमा देखिएको समस्या समाधान नहुँदासम्म सेवा बन्द रहने र सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ।
काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ ।
समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।
‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको ब्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण