मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कुमा र दुर्गेशको कन्सर्ट सहित ‘नेशनल म्युजिक अवार्ड’ आयाेजना हुने

शुक्रबार, २० असार २०८२, १९ : ४९
शुक्रबार, २० असार २०८२

काठमाडौँ । आगामी असार २८ गते आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेशनल म्युजिक अवार्ड’को आयोजना हुने भएको छ ।

रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि समावेश गरिने आयोजकले शुक्रबार एक कार्यक्रमका बिच जानकारी दियो । कन्सर्टमा कुमा सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ ।

३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कुमा र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले साङ्गीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिनेछन् ।

कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरीले ‘नेशनल म्युजिक अवार्ड’ले आफ्नो स्तर बढाउँदै यो पटक स्तरोन्नति गर्दै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी गराए । 

‘यो वर्षौँदेखि हुँदै आएको कार्यक्रम हो । पुराना व्यक्तित्वको योगदान सम्झँदै उहाँहरूलाई दोसल्ला ओढाउँदै सम्मान दिँदै आएका हौँ । पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै, टेलिभिजनमार्फत दर्शकबिच पुग्दै आएका थियौँ । तर, यो पटक दर्शक सँगसँगै बसेर हामी कार्यक्रम गर्दैछौं,’ठकुरीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप