अन्ततः कर्णाली प्रदेशको करिब ३३ अर्बकाे बजेट पारित
सुर्खेत । प्रमुख प्रतिपक्षी दलसँगको लामो रस्साकस्सी र विवादपछि अन्ततः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकले ३२ अर्ब ९९ करोड (करिब ३३ अर्ब) रुपैयाँ बराबरको बजेट सर्वसम्मतबाट पारित गरेको हो ।
अर्थमन्त्री राजविक्रम शाहले असार १ गते मध्यराति बजेट प्रस्तुत गरेसँगै कर्णालीको राजनीतिमा विवादको सुरुवात भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बजेट निर्माण प्रक्रियामा त्रुटि भएको र योजना छनोटमा सरकारमै रहेकाहरूले बेइमानी गरेको गम्भीर आरोप लगायो ।
बजेट निर्माणदेखि प्रस्तुत गर्नेसम्मका प्रक्रियामा प्रश्न उठाउँदै बजेटलाई ‘विवादित’ बनाएको थियो, विपक्षीले । प्रक्रियागत त्रुटि र योजना छनोटमा सत्तापक्षले मनोमानी गरेको भन्दै माओवादीले पटक–पटक प्रदेश सभाको बैठक नै अवरुद्ध गर्यो ।
प्रतिपक्षीको लगातारको अवरोधपछि मुख्यमन्त्री यमलाल कँडेलले विवाद समाधानका लागि पहल गरे । उनले प्रमुख प्रतिपक्षी दलसँग पटक–पटक छलफल गरी मनाउने प्रयास गरे । लामो वार्तापछि अन्ततः सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटेको थियो ।
सोही सहमतिका आधारमा शुक्रबार बजेटमाथिको छलफल टुङ्ग्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण