आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बेलीब्रिज उद्घाटनका लागि प्रधानमन्त्री ओली सुर्खेतबाट हुम्ला प्रस्थान

आइतबार, २२ असार २०८२, १५ : ५४
आइतबार, २२ असार २०८२

‎सुर्खेत । ‎कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज उद्घाटन गर्न बिहान ११ बजे सुर्खेत आएका प्रधानमन्त्री केपी शर्मा ओली चार घण्टापछि सुर्खेतबाट हुम्लाका लागि प्रस्थान गरेका छन् । 

‎प्रधानमन्त्री ओलीसहितको टोली बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । ‎तर, कालिकोट खण्डको मौसममा सुधार नआएपछि उडान हुन सकेको थिएन ।

मौसममा सुधार आएपछि दिउँसो प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्लाका लागि उडेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ ।

‎चार घण्टाको प्रतीक्षा अवधिमा प्रधानमन्त्री ओलीसहित कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललगायतको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वाटर, नेवारेमा आराम गरेर बसेको थियो ।

बेलीब्रिज उद्घाटन गर्ने कार्यक्रम बिहान ११ बजे नै तय गरिएको थियो । ‎मौसमका कारण निर्धारित समयभन्दा ढिलो गरी प्रधानमन्त्रीको टोली हुम्ला पुग्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप