बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

व्यवसायमा कपिल शर्मा, क्यानडामा खोले ‘द केप्स क्याफे’

आइतबार, २२ असार २०८२, १६ : २३
आइतबार, २२ असार २०८२

टोरन्टो । भारतीय कमेडियन कपिल शर्माले नयाँ व्यवसायमा हात हालेका छन् । पत्नी गिन्नी चतरथसँग मिलेर कपिलले क्यानडामा ‘द केप्स क्याफे’ खोलेका हुन् । 

यस क्याफेका धेरै तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा क्याफेका विभिन्न झलकहरू देख्न सकिन्छ । हालै क्याफेको उद्घाटन धूमधामका साथ गरिएको थियो भने सार्वजनिक तस्बिरहरूमा क्याफे भित्र केही मानिसहरू किनमेल गर्न लामबद्ध भएर बसेको देखिन्छ । 

यस्ता तस्बिरहरू ‘द केप्स क्याफे’को इन्स्टाग्राम ह्यान्डलबाट सेयर गरिएका थिए । तस्वीरको साथमा क्याप्सनमा ‘प्रतीक्षा सकियो । ढोकाहरू खुलेका छन् । द केप्स क्याफेमा भेटौँला’ भनेर लेखिएको छ । 

कपिलले २०१८ को डिसेम्बर १२ मा आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका थिए । कपिल र गिन्नीका दुई सन्तान जन्मिएका छन् । नयाँ व्यवसायमा छिरेपनि कपिलले पर्दामा आफ्नो उपस्थिति भने कायम राख्नेछन् । यतिबेला कपिलको ‘द ग्रेट इन्डियन कपिल सो’ नेटफ्लिक्समा स्ट्रिम भइरहेको छ । उनी चाँडै नै ‘किस किस को प्यार करूं २’ र ‘दादी की शादी’ जस्ता फिल्ममा देखिँदैछन् । ‘किस किस को प्यार करूं २’ उनको पहिलो फिल्म ‘किस किस को प्यार करूं’ को सिक्वेल हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप