डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट
सुर्खेत । डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख (डिएफओ) अमर प्रसाद साहमाथि उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि हातपात गरी फरार भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार, तीन–चार जनाको सङ्ख्यामा आएको समूहले साहमाथि हातपात गरेको थियो ।
आक्रमणकारीहरूले मुखमा कालो मास्क लगाएका थिए र घटना लगत्तै फरार भएका थिए ।‘करिब ४ बजेतिर डिभिजन वन कार्यालयमा, डिएफओ साहबकै कार्यकक्षमा अज्ञात व्यक्तिहरूको समूह आएर हातपात गरी फरार भएको भन्ने सूचना आएको छ,’ सूचना अधिकारी विश्वकर्माले रातोपाटीलाई भने ।
घटनाको खबर पाउनासाथ प्रहरीले आक्रमणकारीहरूको खोजी कार्य तीव्र पारेको छ । उनले भने, ‘हामीले व्यापक रूपमा खोजी गरिरहेका छौँ । सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरी गस्ती बढाइएको छ ।’
कुटपिटको कारण भने हालसम्म खुलेको छैन । यद्यपि उनीहरुले भ्रष्टाचारी भन्दै दुर्व्यवहार गरेको बताइएको छ । केही समयअघि साहले आफ्नै कार्यकक्षमा मदिरा पाटी गरेको कुरा बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण