प्रधानमन्त्रीले बेलीबिज्र उद्घाटन गरेसँगै हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण चुवाखोला बेलिब्रिजको उद्घाटन गरेका छन् ।
आइतबार नेपाली सेनाको हेलिकप्टोरमार्फत हुम्ला पुगेर ओलीले बेलीब्रिज उद्घाटन गरेका हुन् ।यो उद्घाटनसँगै सडक सञ्जालमा जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला सदरमुकाम औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिएकाे छ ।
कर्णाली करिडोर सडक अन्तर्गत खार्पुनाथ गाउँपालिका—५, स्थित चुवाखोला बेलिब्रिज बनेसँगै दक्षिणी छिमेकी राष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोडेको छ ।
यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भई हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुङ्गिन्छ । ४१० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुर्याउनेछ ।
कर्णाली करिडोरअन्तर्गतको यो पुल निर्माण भएसँगै हुम्लाका नागरिकको जीवनस्तरमा ठुलो परिवर्तन आउने र जिल्लाको आर्थिक तथा सामाजिक विकासले गति लिने अपेक्षा गरिएको प्रधानमन्त्री ओलीले बताए ।
‘यो पुलले हुम्लालाई राष्ट्रिय सञ्जालमा मात्र जोड्दैन, बरु कर्णाली प्रदेशको आर्थिक विकास र समग्र देशको वैदेशिक व्यापारका लागि समेत नयाँ ढोका खोल्ने विश्वास लिएको छु,’ उनले भने ।
यो पुल नेपाली सेनाले ४ करोड लागतका विगत साढे एक महिनाभित्र बनाएको हो । जिल्लाका अन्य भू्भागमा सडक सञ्जाल विस्तार भएर गाडीहरू सञ्चालन भए पनि सदरमुकाम भने राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण