प्रतिकूल मौसम
खराब मौसमका कारण ५ विमान होल्ड
आइतबार, २२ असार २०८२, २२ : १५
सारांश
- खराब मौसमका कारण काठमाडौँमा ५ वटा विमान होल्ड भएका छन्।
- होल्ड हुने विमानहरूमा नेपाल एयरलाइन्स, क्याथे प्यासेफिक, मलेसियन एयरलाइन्स, सिंगापुर एयरलाइन्स र थाई एयरवेजका छन्।
- विमानहरू मुम्बई, हङकङ, क्वाललम्पुर, सिंगापुर र बैंककबाट काठमाडौंका लागि उडान भर्न लागेका थिए।
काठमाडौँ । खराब मौसमका कारण ५ विमान होल्ड भएका छन् । होल्ड भएका विमानहरुमा मुम्बई–काठमाडौँ (नेपाल एयरलाइनस), हङकङ–काठमाडौँ (क्याथे प्यासेफिक), क्वाललम्पुर–काठमाडौँ (मलेसियन एयरलाइन्स), सिंगापुर काठमाडौँ (सिंगापुर एयरलाइन्स), बैंकक–काठमाडौँ (थाई एयरवेज) रहेका छन् ।
‘खराब मौसमसँगै केहीबेर अघि हावा तीव्र थियो । त्यसकारण होल्ड भएको हुनसक्छ । यति बेला खराब मौसम बाहेक अरु कारणले होल्ड हुनुपर्ने कारण छैन । एयर ट्राफिकमा केही समस्या छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण