शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

रास्वपाको प्रश्न : देश टुक्रिन्छ भन्नेलाई के कारबाही हुन्छ ?

सोमबार, २३ असार २०८२, १४ : ४२
सोमबार, २३ असार २०८२

सारांश

  • रास्वपाका सांसद मनीष झाले सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रश्न उठाए।
  • उनले जसपा नेता अशोककुमार यादवको 'मधेस नेपालबाट टुक्रिन सक्छ' भन्ने अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा मागे।
  • सांसद झाले गठबन्धनमा रहेका दलका नेताको अभिव्यक्तिबारे के गर्ने भन्दै प्रश्न गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।

उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भनेर प्रश्न गरेका हुन् । 

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै झाले भने, ‘सत्तापक्षका माननीयज्यूहरू स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो । तर,अहिले गठबन्धनका दुई थान मन्त्रालय लिइरहेको दलका एक जना नेताले भिडियो म्यासेजमार्फत मधेस टुक्र्याउने धम्की दिनुभएको छ । उहाँलाई अब के गर्नुहुन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप