कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
संविधान संशोधनको प्रक्रिया तत्काल सुरु हुन्छ, पार्टीमा पनि कार्यदल बनाइन्छ : देउवा
सोमबार, २३ असार २०८२, २० : ४१
सारांश
- शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया तत्काल सुरु गर्ने बताएका छन्।
- कांग्रेसले संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ।
- देउवाले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन गर्दै देउवाले संविधान संशोधनका लागि पार्टीबाट पनि कार्यदल बनाउने बताएका हुन् ।
उनले संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने गरी छलफल भइरहेको बताए । देउवाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जाने बताए ।
गठबन्धनका क्रममा सानातिना समस्या देखिनु स्वाभाविक भएको बताउँदै देउवाले ती समस्यालाई समाधान गर्दै अघि बढिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण